राजनीति


बैंककमा उपचाररत पूर्वमन्त्री पुनको कस्तो छ स्वास्थ्य?

बैंककमा उपचाररत पूर्वमन्त्री पुनको कस्तो छ स्वास्थ्य?

नेपालखबर
असोज १७, २०७८ आइतबार ११:१५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार आएको छ । 

पुन थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन्। चिकित्सकका अनुसार पुनको शरीररमा रहेको अत्यधिक जन्डिसको मात्रा घट्दो क्रममा छ। 

सामान्यतः स्वस्थ मानिसको रगतमा बिलुरुविन तत्त्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ। तर पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रूपमा बढेर ३४ पुगेपछि नेपालका चिकित्सकले बैंकक रेफर गरेका थिए।

‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको छ’, उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन्। घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन्। 

उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन्। 

‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ।’ 

तर बान्ता नरोकिएको जानकारी उनले दिइन्। खाना खान अरुचि हुने समस्याका कारण पुनलाई स्लाइनका माध्यमबाट खानेकुरा दिइएको छ। 

जन्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनाका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुुमेरु अस्पताल लगिएको थियो। तर नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाव दिएका थिए। 

चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उनले उपचार गराएका थिए। तर उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो। 

पुनः जन्मजात जन्डिससम्बन्धी समस्याबाट पीडित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .