राजनीति


बझाङमा निर्वाचन अधिकृत नै हराए, कांग्रेस अधिवेशन स्थगित

बझाङमा निर्वाचन अधिकृत नै हराए, कांग्रेस अधिवेशन स्थगित

नेपालखबर
असोज १७, २०७८ आइतबार १५:४१, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बझाङ खटाएका निर्वाचन अधिकृत सम्पर्कविहीन भएका छन्। 

अधिवेनका लागि खटाइएका निर्वाचन अधिकृत चेतराज भट्ट सम्पर्कविहीन भएपछि बझाङको अधिवेशन स्थगित भएको छ। 

बझाङमा जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबार मनोनयन दर्ता भएको थियो। आइतबार बिहान ९ बजेबाट सुरु हुने पूर्वनिर्धारित कार्यतालिका थियो। 

तर, निर्वाचन अधिृकत आइतबार बेलुकीबाटै सम्पर्कविहीन भएपछि जिल्ला अधिवेशन स्थगित भएको नेपाल प्रेस युनियन बझाङका अध्यक्ष रमानन्द जोशीले जानकारी दिए। 

बझाङको जिल्ला सभापतिका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेबरहादुर देउवा समूहका दुई जनाले मनोनयन गर्दा गरेका छन्। 

बझाङ सभापतिका लागि खडक बोहरा र रमेश भण्डारीले सभापतिमा मनोनयन दर्ता गरेका हुन्।  

बोहरालाई पूर्वराज्यमन्त्री अर्जुनबहादुर सिंहको समूहले सघाएको छ। अर्का उम्मेदवार भण्डारीलाई पूर्व राज्यमन्त्री नरेशबहादुर सिंह र पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहको साथ रहेको बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .