राजनीति


उत्पादनमुलक काममा लाग्न एमाले कार्यकर्तालाई चार शर्त

उत्पादनमुलक काममा लाग्न एमाले कार्यकर्तालाई चार शर्त

नेपालखबर
असोज १७, २०७८ आइतबार १५:५९, काठमाडौँ

नेकपा एमालेका नेता कार्यकर्ताहरुले उत्पादनमुलक र आयमुलक काममा जोडिन चार शर्त पूरा गर्नुपर्ने भएको छ।
सांगठनिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै महासचिव ईश्वर पोखरेलले सबै नेता कार्यकर्ता अनिवार्य श्रममा जोडिनै पर्ने बताएका हुन्। 

'यहाँ नेतृत्व निर्माणबारेमा कमरेडहरुले चासो राख्नु भएको छ। चाहे अनुसार खोजे अनुसार नहुन सक्छ। तर पुस्ताहरुबीचको संयोजन जरुरी छ त्यसो नभए रिक्ता हुन्छ', उनले भने, 'मापदण्ड पूरा गरेको २० प्रतिशत युवा हुनैपर्छ।'

पोखरेलले एमाले नेता कार्यकर्ताहरु विलाशी बन्दै गएकोमा पनि चिन्ता व्यक्त गरे। 'नेता कार्यकर्ताहरुले कसरी आय आर्जन गर्छन् थाहा छैन। तर व्यवस्थित जीवन बाँचेको छ। यस्तै व्यक्ति बढ्दै गएमा कम्युनिष्ट पार्टी सकिन्छ', उनले भने, 'हाम्रा हरेक कार्यकर्ता श्रमसँग जोडिन सक्छन् र पाउँछन्। श्रमसित नजोडिने हो भने हाम्रो पंक्ति बिग्रिन सक्छ। स्खलित हुन सक्छ।'

उनले श्रम र उत्पादनसम्बन्धी या अन्य जुनसुकै काम गर्दा चारवटा कुरा ख्याल राख्न सुझाए । 

'पहिलो, राज्यको कानुनले अनुमति दिएको काम गर्न पाइन्छ। दोस्रो, समाजका अग्रगामी मूल्यमान्यताको पक्षमा रहेका जुनसुकै काम गर्दा समस्या हुँदैन', उनले भने, 'तेस्रो, कम्युनिष्ट आचरण र नैतिकताले दिने काम गर्नुस्। चौथो, हरेक कामलाई पारदर्शीरुपमा गरे हुन्छ।' 

पोखरेलले विधान महाधिवेशन हलबाट निस्किँदा यसअघि जे जति कमजोरी भए तिनलाई सच्याएर बलियो भएर निस्किने बताए। 'कम्युनिष्ट पार्टीमा नेतृत्वको आलोचना भएको छ', उनले भने, 'पार्टीमा स्खलन आएको संकेत गर्नु भएको छ। कम्युनिष्ट पार्टीका जुनसुकै तहका नेता, जनताका नजरमा स्थापित नै नेतृत्वमा पुग्न सक्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .