ad ad

राजनीति


अख्तियार विरुद्ध जसपाको प्रदर्शन जारी

अख्तियार विरुद्ध जसपाको प्रदर्शन जारी

शैलेन्द्र महतो
असोज १७, २०७८ आइतबार १९:२२, जनकपुरधाम

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग  विरुद्ध आइतबार जनकपुरसहित प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरेको छ। 

प्रदेश सरकारको गौरवको योजना ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई बदनाम गर्ने गरी अख्तियारले छापा मारेको भन्दै जसपाले प्रदर्शन गरेको हो। 

जनकपुरको रेल्वे स्टेसनबाट निस्केको मोटरसाइकल जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गर्दै पीडारीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।  

कोणसभामा बोल्दै जसपाका नेताहरुले अख्तियारले सुनियोजित रुपमा प्रदेश सरकारलाई बदनाम गराउने उद्देश्यले छापा मारेको भन्दै आक्रोश पोखेका छन्। अख्तियारले छापा मारेर संघीयता विरोधी काम गरेको आरोप लगाउँदै नेताहरुले आपत्ति जनाएका हुन्। 

जनकपुर जस्तै सिरहाको सिरहा, लहान, राजविराज, कलैया, गौर, वीरगञ्ज लगायतको स्थानमा जसपाका नेता कार्यकर्ताहरुले अख्तियार विरुद्ध प्रदर्शन गरेका छन्। 

जसपा प्रदेश २ मधेश कमिटीको पूर्वघोषित कार्यक्रम अनुसार प्रदर्शन गरिएको हो। यसअघि शनिबार साँझ अख्तियार विरुद्ध प्रदेश २ का आठवटै जिल्लामा राँके जुलुस प्रदर्शन गरिएको थियो। 

मुख्यमन्त्री बेटी पढाऊ, बेटी पढाऊ कार्यक्रम अन्तर्गत छोरीलाई बाँडेको बेनामे साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको सञ्चार माध्यममा समाचार सार्वजनिक र व्यापक जनगुनासो बढेपछि गएको बुधबार मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले छापामारीको क्रममा साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो।

यी पनि :

मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाले आजदेखि आन्दोलन गर्दै

प्रदेश २ : मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर फर्कियो अख्तियारको टोली

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्नु आपत्तिजनक : मुख्यमन्त्री राउत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .