राजनीति


महाधिवेशन प्रतिनिधिमा पराजितले पनि जिल्ला सभापतिबाहेकका पदमा प्रतिस्पर्धा गर्न पाउने

महाधिवेशन प्रतिनिधिमा पराजितले पनि जिल्ला सभापतिबाहेकका पदमा प्रतिस्पर्धा गर्न पाउने

नेपालखबर
असोज १९, २०७८ मंगलबार १२:५४, काठमाडौँ

नेपाली कांग्रेसको जारीप्रतिनिधिमा अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित उम्मेदवारले पनि जिल्ला कार्यसमितिका लागि प्रतिस्पर्धा गर्न पाउने भएका छन्। 

दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधिमा पराजित उम्मेदवार जिल्ला सभापतिबाहेकका अन्य पदका लागि प्रतिस्पर्धा गर्न पाउने भएका हुन्। 

केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधिमा पराजित नेताले जिल्ला सभापतिबाहेकका जिल्ला कार्यसमितिका पदमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान गरेको संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। 

यसअघि कांग्रेसले जारी गरेको निर्वाचन निर्देशिकामा एक पदमा हारेको व्यक्ति अर्को पदमा उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको थियो। तर, पछिल्लो समयमा उक्त व्यवस्थालाई निर्वाचन समितिले परिमार्जन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .