राजनीति


कांग्रेसको बझाङ सभापतिमा बोहरा विजयी

कांग्रेसको बझाङ सभापतिमा बोहरा विजयी

नेपालखबर
असोज २३, २०७८ शनिबार ११:५, काठमाडौँ

बझाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा खडकबहादुर बोहरा विजयी भएका छन्। 

शनिबार बिहान सम्पन्न मत गणनाको परिणामअनुसार रमेशबहादुर भण्डारीलाई हराउँदै बोहरा सभापतिमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिमा सदस्य रहेका नेपाल प्रेस युनियन (बझाङ) का अध्यक्ष रमानन्द जोशीले बोहरा सभापतिमा विजयी भएको पुष्टि गरेका छन्। औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको उनले बताए। 

‘हामी मत परिणाम टेली गरिरहेका छौं। बोहराले जित्नुभएको छ’, जोशीले नेपालखबरसँग भने, ‘केही समयपछि निर्वाचन समितिले आधिकारिक परिणाम घोषणा गर्दै छ।’

जिल्ला सभापतिका पराजित उम्मेदवार भण्डारीको प्यानलबाट सचिवमा झलक कठायतबाहेक सबै उम्मेदवार हारेका छन्। 

बझाङमा संस्थापन पक्षीय उम्मेदवार प्रतिस्र्धामा थिए। 

बझाङको नतिजासँगै कांग्रेसले हिमाली क्षेत्रका १३ जिल्लामा जिल्ला अधिवेशन सकेको छ। जसमध्ये ७ जिल्लामा इतर समूह र ६ जिल्लामा संस्थापन पक्षका नेता सभापति बन्न सफल भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .