राजनीति


न्यायालयका मुख्यले ‘परमादेश’सँग मन्त्री पद साटे : भीमार्जुन आचार्य

न्यायालयका मुख्यले ‘परमादेश’सँग मन्त्री पद साटे : भीमार्जुन आचार्य

संविधानविद् भीमार्जुन आचार्य


नेपालखबर
असोज २३, २०७८ शनिबार १०:४०, काठमाडौँ

संविधानविद् भीमार्जुन आचार्यले सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ‘परमादेश’सँग मन्त्री पद साटेको आरोप लगाएका छन्। 

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिरिषद् विस्तार गर्दै प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि संविधानविद् आचार्यले पनि आलोचना गरेका हुन्।

‘देउवा खराब थिए, खराबै रहने पक्का भयो। ‘परमादेश’सँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो। जसरी गरेका हुन्, गरेकै देखियो’, संविधानविद् आचार्यले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर इजलासमा अरू चार जना पनि थिए, उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन। के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन्?’

उनले शुक्रबार गरिएको मन्त्रिपरिषद् विस्तार घटना दुःखद र आपत्तिजनक रहेको बताएका छन्। 

‘तर यसको अर्थ देउवा भन्दा पहिलेको मन्त्रिपरिषद् मुलुकका लागि ठीक थियो भन्ने कदापि होइन’, उनले भनेका छन्, ‘दुवै खराब थिए,  खराबै रहने भए।’

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री पद दाबीका लागि राष्ट्रपति कार्यालयमा आफूले पेस गरेको बहुमत सांसदको हस्ताक्षर अस्वीकृत गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वाेच्च अदालतमा मुद्दा दिएका थिए।

जसमा प्रधानन्यायाधीश राणाको नेतृत्वमा गठित इजलासले प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवलाई प्रधानमन्त्रीमा नियुक्ति दिन भन्दै परमादेश जारी गरेको थियो।   

त्यसैको सट्टामा प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश राणाकाे भाग स्वरुप उनका जेठान गजेन्द्र हमाललाई उद्याेगमन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको हो। 

यी पनि : ​

‘श्रीमान’ राणाका जेठान– १९ नम्बर मन्त्री

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिने वकिलहरुको चेतावनी, अल्टिमेटम दिन बारसँग माग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad