प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले पनि रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि आज दिउँसोदेखि मतदान सुरु हुँदैछ।
पार्टीमा कुनै गुट उपगुट छैन भन्ने सन्देश दिन आफूले उम्मेदवारी दिएको शाहले बताएका छन्।
‘पार्टीमा कुनै पनि गुट, उपगुट छैन भन्ने सन्देश दिन मैले उम्मेदवारी दिएको हुँ’, उनले भने, ‘पार्टीलाई संस्थागत रुममा लैजान खोजिएको हो।’
त्यसैगरी रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेनका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
39
Shares

प्रतिक्रिया