ad ad

राजनीति


प्रदेश १ : विश्वासको मत दसैँपछि मात्रै

प्रदेश १ : विश्वासको मत दसैँपछि मात्रै

कृष्ण बहाब
असोज २४, २०७८ आइतबार १८:२६, काठमाडौँ

प्रदेश १ को प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक दसैँपछि मात्र बस्ने भएको छ।

आइतबार बसेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले तेस्रो बैठक सोमबार दिउँसो १ बजे बोलाउने निर्णय गरेका थिए।

तर आइतबार बेलुका सूचना जारी गर्दै प्रदेशसभा सचिवालयले विशेष कारणले दसैँपछि अर्थात कात्तिक ५ गतेका लागि बैठक बस्ने जानकारी दिएको छ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २५ गतेभित्र विश्वासको मत लिनुपर्ने प्रतिपक्षी दलहरुले बताएका थिए। सरकार र सभामुखको आलोचना गरेका विपक्षीहरुले तत्काल विश्वासको मत लिन चेतावनी दिएका थिए। 

यता, मुख्यमन्त्री आचार्य दसैँ मनाएर मात्रै विश्वासको मत लिने पक्षमा छन्। मुख्यमन्त्रीलाई अनुकुल हुनेगरी सभामुखले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .