ad ad

राजनीति


‘आबुधाबी डाइलग’ मा सहभागी हुन मन्त्री श्रेष्ठ दुबई प्रस्थान

‘आबुधाबी डाइलग’ मा सहभागी हुन मन्त्री श्रेष्ठ दुबई प्रस्थान

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १८:५३, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘आबुधाबी डाइलग’ मा सहभागी हुन दुबई प्रस्थान गरेका छन्। 

संयुक्त अरब इमिरेट्समा भोलिदेखि सुरु हुने छैटौं श्रममन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन मन्त्री श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

कात्तिक ८ देखि १२ गतेसम्म (२५–२९ अक्टोवर) दुबईमा हुने डाइलगमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल दुबई प्रस्थान गरेका हुन्। 

मन्त्री श्रेष्ठ सहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा मन्त्रालयका अधिकारीहरुले विदाई गरेका थिए। श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका बिषयमा छलफल गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए।

‘आबुधाबी डायलग’ मा १६ देशका श्रममन्त्री सहभागी हुनेछन् भने ४ वटा देश पर्यवेक्षकका रुपमा सहभागी हुनेछन्। साथै अन्तर–सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले पनि डायलगमा भाग लिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .