राजनीति


परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित

परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १४:५१, काठमाडौँ

नेपाल परिवार दलको अध्यक्षमा एकनाथ ढकाल निर्वाचित भएका छन्।

शनिबार र आइतबार राजधानीमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको सो दलले जनाएको छ।

वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा, सहमहामन्त्रीमा मिलनकुमारी राजवंशी, रुपसिंह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुल कैयुम साह, अशोककुमार चौधरी, तथा कोषाध्यक्षमा गोविन्दनाथ मिश्र र सहकोषाध्यक्षमा बुद्धिमाया पुनमगर निर्वाचित भएका छन्। 

‘सबैखाले विभेदको अन्त्य गरौं, सुसंस्कृत, समृद्ध र समावेशी नेपालको निर्माण गरौं’ भन्ने नाराका साथ महाधिवेशन सम्पन्न भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .