चितवनमा जारी नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान निर्वाचन प्रक्रिया सुरु भएको छ।
यस क्रममा विभिन्न पदका आकांक्षीले आफ्नो उम्मेदवारी दर्ता गराउने क्रम सुरु भइसकेको छ।
यसै क्रममा भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार राति मनोनयन पत्र लिएका रावलले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि उनले आफू अध्यक्षमा निर्वाचित भए आगामी चुनावमा एमालेलाई बहुमत दिलाउने दाबी गरेका छन्।
उनले भने, ‘अर्को चुनावमा एमालेलाई बहुमत दिलाउँछु।’
342
Shares
प्रतिक्रिया