ad ad

राजनीति


देउवाविरुद्ध साझा उम्मेदवार नछान्दासम्म बैठकबाट नउठ्न दबाब

देउवाविरुद्ध साझा उम्मेदवार नछान्दासम्म बैठकबाट नउठ्न दबाब

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १७:२३, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेतालाई सभापतिको साझा उम्मेदवार नटुंग्याउँदासम्म बैठकबाट नउठ्न कार्यकर्ताले दबाब दिएका छन्। 

सभापतिका आकांक्षी नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित बैठकमा सहभागी पौडेल समूहका नेताहरुलाई कार्यकर्ताले दबाब दिएका हुन्। 

भोलि बिहानसम्म जसरी पनि टुंग्याउन युवा नेताहरुले दबाब दिएको कांग्रेस नेता गुरुराज घिमिरेले बताए।

‘जवाफमा पौडेल (रामचन्द्र) ले भोलि होइन आजै रातभर बसेर भए पनि टुंग्याउँछौँ भन्नुभयो’ घिमिरेले भने, ‘त्यही अनुसार बैठक साझा उम्मेदवार नटुंग्याएसम्म चल्ने भन्ने छ।’

चाक्सीबारीमा भित्र बैठक बसिरहँदा बाहिर भने कार्यकर्ताले मिल्न दबाब दिँदै प्रदर्शन गरिरहेका छन्।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, कोषाध्यक्ष सीतादेवी यादवलगायत उपस्थित छन्। 

याे पनि :​ साझा उम्मेदवार छान्न चाक्सीबारीमा कार्यकर्ताको प्रदर्शन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .