राजनीति


उपनिर्वाचनको दिन सार्वजनिक सवारी चलाउन पाइने

उपनिर्वाचनको दिन सार्वजनिक सवारी चलाउन पाइने

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १३:५९, काठमाडौँ

निर्वाचन आयोगले उपनिर्वाचनको दिनमा पनि सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइने निर्णय गरेको छ। इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि (वैशाख १५) उपनिर्वाचन हुँदैछ। 

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेका अनुसार यसअघिनै गृह मन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरूलाई सार्वजनिक सवारी साधन चलाउने निर्देशन दिइएको थियो। 

यसअघिका निर्वाचनमा भने अत्यावश्यक सेवा र पास जारी भएका सवारी मात्रै निर्वाचन हुने दिन सञ्चालन गर्न दिइन्थयो। 

तर, उपनिर्वाचनमा भने मतदाताको सहज आवागमनका लागि सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक सवारी चलाउन दिइने निर्णय भएको पाण्डेले बताए। 

‘सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउन निर्देशन दिइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

त्यस्तै, उम्मेदवा वा निजको निर्वाचन प्रतिनिधिमध्ये एक जनाले चार पांग्रे, तीन पांग्रे वा दुई पांग्रेमध्ये कुनै एउटा सवारी साधन मात्रै अनुमति लिएर प्रयोग गर्न पाइने आयोगले जनाएको छ। 

सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्ग सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .