राजनीति


प्रदेशहरूमा संख्या पुगेसम्म सरकार बनाउन पहल गर्ने कांग्रेसको तयारी

प्रदेशहरूमा संख्या पुगेसम्म सरकार बनाउन पहल गर्ने कांग्रेसको तयारी

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ


नेपालखबर
साउन १०, २०८३ आइतबार १४:५०, काठमाडौँ

नेपाली कांग्रेसले प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीचको समीकरणपछि बनेको नयाँ परिस्थितिबारे सातै प्रदेशका नेतासँग परामर्श गरेको छ। 

आइतबार पार्टी मुख्यालय सानेपामा नेपाली कांग्रेसका सभापति गगन थापाले सातै प्रदेशका सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीसँग परामर्श गरेका हुन्।

बैठकमा प्रदेश सरकारको वर्तमान अवस्था, संघीयता र लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेश संरचनामा सहभागी दलहरूसँग आवश्यकताअनुसार सहकार्य गर्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जानकारी दिए।

प्रदेशअनुसार राजनीतिक समीकरण र दलहरूको संख्या हेरेर सरकार सञ्चालन गर्ने वा प्रतिपक्षमा बस्ने विषयमा थप निर्णय गर्ने उनले बताए। यससँगै नेपाली कांग्रेस पनि प्रदेशमा सत्ता समीकरणका लागि एमाले र नेकपा बाहेकका दलहरुसँग परामर्शमा रहेको स्पष्ट हुन्छ ।

बागमती, मधेस र गण्डकी प्रदेशमा एमाले र नेकपाले मात्रै सरकार बनाउन स्पष्ट बहुमत नपुग्ने भएपछि दलहरू आफूअनुकुल बहुमत पुर्‍याउन जुटेका छन्। लोकतन्त्र र संघीयतालाई स्वीकार गरी निर्वाचनमा सहभागी भएका दलहरूसँग संवाद र सहकार्यको सम्भावनाबारे पनि छलफल भएको उनले जानकारी दिए। 

उनले भने, ‘अहिले प्रदेश सरकारको बीचमा जुन किसिमको परिस्थिति निर्माण भएको छ, त्यो परिस्थितिमा संघीयता लोकतन्त्र र संघीयता मान्दै निर्वाचनमा सहभागी भएका प्रदेश संरचनामा जुनजुन दल आएका छन्, त्यो दलहरु बीचमा सहकार्य गरेर कसरी जान सकिन्छ या प्रतिपक्षमा बस्नुपर्ने कहाँको अवस्था के छ, कम्पोजिसन हेरेर त्यहीअनुसार अगाडि बढ्ने भन्ने विषयमा नै मुलतः त्यही विषयमा नै कुरै रह्यो।’

मुख्यमन्त्री बानियाँकाअनुसार एमाले र नेकपाबीच भएको सहमतिपछि नयाँ राजनीतिक परिस्थिति बनेकाले त्यसलाई ध्यानमा राख्दै कांग्रेसले प्रदेश तहमा कसरी अघि बढ्ने भन्ने विषयमा सभापति थापाको उपस्थितिमा परामर्श गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad