राजनीति


‘नेपाली जनसम्पर्क समिति भारत’को महाधिवेशनमा किन गएनन् गगन थापा?

‘नेपाली जनसम्पर्क समिति भारत’को महाधिवेशनमा किन गएनन् गगन थापा?

महाराष्ट्रमा शनिबार आयोजित नेपाली जनसम्पर्क समितिको महाधिवेशन, जहाँ पोस्टरमा गगन थापाको तस्बिर पनि देखिन्छ।


नेपालखबर
साउन १०, २०८३ आइतबार १३:३८, काठमाडौँ

‘नेपाली जनसम्पर्क समिति भारत’ले आफ्नो १०औँ महाधिवेशनमा प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरेको भए पनि नेपाली कांग्रेसका सभापति गगन थापा अनुपस्थित भएका छन्।

शनिबार भारतको महाराष्ट्रस्थित लोकमान्य तिलक सभागृहमा आयोजित नेपाली जनसम्पर्क समितिको १०औँ महाधिवेशनमा सभापति थापा सहभागी नभएका हुन्।

उनको सचिवालयका अनुसार त्यस कार्यक्रममा जाने तयारी गरिए पनि सभापति थापाले अन्तिम समयमा भारत भ्रमण स्थगन गरेका हुन्। 

भारतमा ककरोच जनता पार्टीको आन्दोलन भएका कारण सभापति थापा कार्यक्रममा सहभागी नभएको उनको सचिवालयको भनाइ छ।

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि शनिबारै दिउँसो ककरोच पार्टीले आन्दोलन स्थगन गरिसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad