समाज


सीमामा सशस्त्र प्रहरीको बीआईटी परिचालन, के गर्छ काम?

सीमामा सशस्त्र प्रहरीको बीआईटी परिचालन, के गर्छ काम?

नेपालखबर
साउन १०, २०८३ आइतबार १४:४८, काठमाडौँ

सशस्त्र प्रहरीले बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरेको छ। 

सीमा सहजीकरण तथा सीमा ईलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि बीआईटी परिचालन गरेको हो।

आइतबारदेखि सीमा इलाकाको मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कैलालीको त्रिनगरमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा एक ठाउँमा  १४ जना रहने गरी टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकाहरुमा परिचालन हुने सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिँदै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापबारे समेत जानकारी लिएका थिए।

सो टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको सहजीकरण, मानव बेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तु तस्करी नियन्त्रणलगायतका काम गर्नेछ।

मुख्य सीमा नाकाहरुमा परिचालन हुने सो टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोसाक (सफारी सुट) मा रहने सशस्त्र प्रहरी डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad