राजनीति


कांग्रेस महाधिवेशन आजदेखि : प्रदेश २ बाट ७८५ प्रतिनिधि सहभागी हुँदै

कांग्रेस महाधिवेशन आजदेखि : प्रदेश २ बाट ७८५ प्रतिनिधि सहभागी हुँदै

शैलेन्द्र महतो
मंसिर २४, २०७८ शुक्रबार ११:४२, काठमाडौँ

आज (शुक्रबार) सुरु हुन लागेको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रदेश २ बाट जम्म ७८५ जना प्रतिनिधि (मतदाता) सहभागी हुँदै छन्। 

प्रदेश २ मा ८ जिल्ला ३२ निर्वाचन क्षेत्र छन्। 

महोत्तरीको क्षेत्र नम्बर ३ बाहेक ३१ क्षेत्रबाट २५/२५ गरी ७७५ जना र  समावेशीतर्फ विभिन्न समुदायबाट १० जना गरी ७८५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश २ का महाधिवेशन संयोजक रमेश रिजालले जानकारी दिए। 

क्षेत्र नम्बर ३ मा मतदान अधिकृतलाई अपहरण गरेर प्रमाणपत्रमा हस्ताक्षर गराएको भन्दै अधिवेशन रद्द गरिएको छ।

यो पनि : कांग्रेसको १४औं महाधिवेशन आजदेखि​ यसरी हुँदै छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .