ad ad

राजनीति


भित्र प्रचण्डको सम्बोधन, बाहिर प्रकाशमानको उम्मेदवारी घोषणा

भित्र प्रचण्डको सम्बोधन, बाहिर प्रकाशमानको उम्मेदवारी घोषणा

एकै ठाउँमा प्रचण्ड र प्रकाशमानको कार्यक्रम। तस्बिर : कृष्ण बहाब/नेपालखबर


कृष्ण बहाब
मंसिर २५, २०७८ शनिबार १४:३४, काठमाडौँ

शनिबार दिउँसो सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा एउटा अनौठो दृश्य देखियो।

कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसको चौधौँ महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरिरहँदा त्यही पार्टी प्यालेसको ठूलो हलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन्

यलम्बर पार्टी प्यालेसको एउटा क्षेत्रलाई भाडामा लिएर प्रकाशमानले महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय बनाएका छन्। 

त्यहीँ उनले शनिबार बिहान सभापतिमा आफ्नो दाबेदारी पेश गरे। कांग्रेसको इतर समूहबाट सिंहले सभापतिमा लड्ने घोषणा गरे। 

इतर समूहमा सभापतिका लागि सहमति नहुँदा प्रकाशमानले एक्लै सभापतिमा लड्ने घोषणा गरेका हुन्।

प्रकाशमानले यलम्बर पार्टी प्यालेसको बाहिरतर्फ सभापतिमा उम्मेदवारी घोषणा गरिरहँदा भित्र ठूलो हलमा भने माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गरिरहेका थिए।

प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम थियो, दसवटा प्रदेशहरुको संयुक्त सम्मेलन उद्घाटन समारोह। 

कांग्रेसको महाधिवेशन सुरु भइसक्दा माओवादीले पनि पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ। त्यही लक्षित कार्यक्रममा माओवादीले सिंहदरबार अगाडि गरेको हो। 

दुई पार्टीको अलग अलग कार्यक्रम हुँदा कार्यकर्ता भने अलमलिएका थिए। प्रकाशमानकहाँ जाने कार्यकर्ता माओवादीकहाँ पुगेका थिए। यता माओवादी कार्यकर्ता पनि प्रकाशमानको कार्यक्रममा मिसिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .