सभापति परिवर्तन गर्न नसके पनि नेपाली कांग्रेसको १४औं महाधिवेशनले चुनावबाट चुनिने १३ पदाधिकारीमध्ये २ जनाबाहेक सबै नयाँ अनुहार ल्याएको छ।
सभापति शेरबहादुर देउवा र एक उपसभापति पूर्णबहादुर खड्काबाहेक निर्वाचनबाट छानिएका उपसभापतिदेखि सहमहामन्त्रीसम्म अन्य सबै ११ जना नयाँ हुन्।
यसअघि कांग्रेसमा सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री पनि २ र कोषाध्यक्ष गरी ८ जना मात्रै पदाधिकारी रहने व्यवस्था थियो। त्यसमा पनि सभापति, एक महामन्त्री र कोषाध्यक्ष मात्रै चुनावबाट चुनिन्थ्यो। बाँकी सबै पदमा सभापतिले आफ्नाअनुकूल मानिस मनोनीत गर्थे।
तर यसपटक अर्थात् १४औं महाधिवेशनदेखि कांग्रेसले सहमहामन्त्री पद ६ वटा थप्दै पदाधिकारीको संख्या १४ पुर्याउनाका साथै कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचनबाटै छानिने व्यवस्था बनायो। काेषाध्यक्षचाहिँ निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरेर मनोनित गर्ने व्यवस्था कांग्रेसको विधानमा छ।
यसपटक निर्वाचनबाट सभापति शेरबहादुर देउवा, दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, ८ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव, उमाकान्त चौधरी र बद्री पाण्डे चुनिएका हुन्।
यीमध्ये सभापति देउवा र एक उपसभापति खड्का मात्रै यसअघिको कांग्रेस केन्द्रीय कार्यसमितिमा थिए।
यो पनि : सहज छैन देउवालाई
Shares

प्रतिक्रिया