ad ad

राजनीति


कांग्रेस खुला केन्द्रीय सदस्य : यी हुन् अहिलेसम्म धेरै भोट ल्याउने पाँच नेता

कांग्रेस खुला केन्द्रीय सदस्य : यी हुन् अहिलेसम्म धेरै भोट ल्याउने पाँच नेता

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०७८ आइतबार १६:८, काठमाडौँ

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि पार्टी कार्यालय सानेपामा मतगणना जारी छ।

तीन दिनदेखि जारी मतगणना अनुसार अहिलेसम्म २९९३ को परिणाम आइसकेको छ। 

जारी मतगणना अनुसार सुरुदेखि नै निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले लोकप्रिय मत ल्याइरहेका छन्। 

शेरबहादुर देउवा र डा. शेखर कोइरालाको दुवै प्यानलमा रहेका उनले ताजा अवस्थामा सर्वाधिक २४४२ मत ल्याइसकेका छन्। 

शशांकलाई देउवा प्यानलकै एनपी साउदले १८९६ मतसहित पछ्याइरहेका छन्। 

यस्तै देउवा प्यानलमै रहेका गृहमन्त्री बालकृष्ण खाँणले १८५१ मत ल्याइसकेका छन्। 

त्यसपछि चौथोमा उदय शमशेर जबरा छन्। जसले ताजा अवस्थामा १८०८ मत ल्याउन सफल भएका छन्।

मतगणनाको पाँचौँ नम्बरमा देउवा प्यानलकै रमेश लेखक छन्। उनले अहिलेसम्म १७८२ मत ल्याएका छन्। 

कांग्रेसमा ३५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानमा ९९ जना प्रतिस्पर्धी थिए। 

धेरै भोट ल्याउने पाँच नेता

१) शशांक कोइराला–२४४२
२) एनपी साउद–१८९६
३) बालकृष्ण खाँण–१८५१
४) उदयशमशेर राणा–१८०८
५) रमेश लेखक–१७८२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .