राजनीति


नेपाल-युरोपेली संघ संयुक्त बैठक काठमाडौंमा सुरु

नेपाल-युरोपेली संघ संयुक्त बैठक काठमाडौंमा सुरु

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ९:३४,

नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु भएको छ।

हरेक २ वर्षको अन्तरालमा हुने यो बैठक यो वर्ष काठमाडौंमा भएको हो। बैठकमा नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास वैरागीले गरेका छन् भने युरोपेली संघको तर्फबाट एशिया–प्रशान्त क्षेत्र हेर्ने नायब निर्देशक पाओला पम्पालोनीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।

यो बैठकमा मुख्यगरी युरोपेली संघले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक तथा विकास सहायता र संयुक्त लगानीको विषयमा छलफल हुनेछ। यसका साथै युरोपेली संघले विश्वब्यापी रुपमा वकालत गर्दै आएको पर्यावरण संरक्षण सम्बन्धी नेपालमा हुुँदै आएको कार्यक्रमको मुल्यांकन पनि गरिनेछ।

युरोपेली संघले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको व्यापार–वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संशाधन विकासका क्षेत्रमा सञ्चालित कार्यक्रमको बारेमा पनि छलफल हुने कार्यतालिका छ। नेपाल र युरोपेली संघबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता संघले नेपालको आर्थिक एवं सामाजिक विकासको क्षेत्रमा सहयोग गर्दै आएको छ। संघले यसका अलावा नेपालको राजनीति र विकसित घटनाहरुमा समेत आफ्नो धारणा सार्वजनिक गर्ने गरेको छ र यो सधैँ चर्चा र विवादित बन्ने गरेको छ।

पारस्परिक लाभका विषयमा सहयोग आदान प्रदान गर्न १९८६ मा युरोपेली संघ संयुक्त आयोगको स्थापना भएको हो। यसको प्रधान कार्यालय ब्रसेल्समा रहेको छ। अर्को दुई वर्ष पछि नेपाल सरकार युरोपेली संघ संयुक्त आयोगको बैठक ब्रसेल्समा बस्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad