राजनीति


कांग्रेस प्रदेश २ अधिवेशन : कृष्ण र रामसरोजले दिए सभापतिमा उम्मेदवारी

कांग्रेस प्रदेश २ अधिवेशन : कृष्ण र रामसरोजले दिए सभापतिमा उम्मेदवारी

शैलेन्द्र महतो
पुस ६, २०७८ मंगलबार १७:४५, काठमाडौँ

नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति विमलेन्द्र निधि पक्षले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्। 

देउवा पक्षका रौतहटका सभापति कृष्ण यादव र प्रदेश २ संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले सभापतिका लागि मनोनयन दर्ता गराएका हुन्। 

प्रदेश नेतृत्वका लागि जनकपुरस्थित गोपाल धर्मशालामा भइरहेको अधिवेशनमा आज दिउँसो १ः३० बजेदेखि उम्मेदवारहरुले मनोनयन दर्ता गराइरहेका छन्। 

कृष्ण यादवले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्यानलबाट प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र उपेन्द्र यादवले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

शेखर कोइराला पक्षले प्रदेश सभापतिमा निधिका उम्मेदवार रामसरोजलाई समर्थन जनाइसकेको छ। 

निर्वाचनबाट प्रदेश सभापति, दुई उपसभापति, एक महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्रीसहित झण्डै ७२ सदस्यीय प्रदेश समिति चयन हुने छन्।

यसैबीच उम्मेदवारहरुको संख्य बढेपछि मनोनयन दर्ताको समय निर्वाचन समितिले दुई घण्टा थप गरेको छ। मनोनयन दर्ताको समय दिउँसो १ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म तोकिएको थियो। २ घण्टा थपेर साँझ ६ः३० बजेसम्मको मनोनयन दर्ताको समय कायम गरिएको निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .