राजनीति


प्रदेश २ कांग्रेस अधिवेशन : देउवा र निधि पक्षका छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा

प्रदेश २ कांग्रेस अधिवेशन : देउवा र निधि पक्षका छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा

शैलेन्द्र महतो
पुस ६, २०७८ मंगलबार २१:२४, काठमाडौँ

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा रामसरोज यादव र रामकृष्ण यादव छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिएका छन्।

मंगलबार भएको मनोनयन दर्तामा रामकृष्ण यादव संस्थापन पक्षबाट र रामसरोज यादव निधि पक्षबाट चुनावी मैदानमा उत्रेका हुन्। रामसरोज प्रदेश २ कांग्रेसका संसदीय दलका नेता र भौतिक पूर्वाधार विकासमन्त्री छन्। रामकृष्ण यादव रौतहटका पार्टी सभापति हुन्। 

रामसरोजलाई निधिसहित शेखर कोइराला र रामचन्द्र पौडेलको साथ छ। कृष्ण यादवलाई भने देउवा पक्षको मात्र साथ छ। कृष्ण यादवको प्यानलबाट उपसभापतिमा प्रदेश २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंह (सर्लाही) र बाराका चन्द्रशेखर यादवले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ छन्। 

यस्तै सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दिएका हुन्। 

यस्तै, रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका  विनोद खनाल छन् भने महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेस महतोले उम्मेदवारी दिएका छन्।

यस्तै, सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोद यादव र बाराकी निर्मला सुवेदी समेत रामसराेजको प्यानलबाट उम्मेदवारी दिएका छन्। 

दिउँसो १ः३० बजेबाट सुरु भएको मनोनयन दर्ता साँझ ६ः३० बजबेसम्म चलेको थियो। निर्धारित समय अपराहन्न ४ः३० बजेसम्म मात्र भएपनि उम्मेदवारी दिनेको संख्या बढेपछि निर्वाचन समितिले दुई घण्टा समय थप गरको थियो। 

भोलि बिहान ८ बजेदेखि अपराहन्न ४ बजेसम्मको लागि मतदानको समय तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .