ad ad

राजनीति


माओवादीमा पदाधिकारी बढाएर १५ सदस्यीय बनाउन प्रस्ताव

वरिष्ठसहित सातजना उपाध्यक्ष राख्न माग
माओवादीमा पदाधिकारी बढाएर १५ सदस्यीय बनाउन प्रस्ताव

फाइल तस्बिर


सागर न्यौपाने
पुस ९, २०७८ शुक्रबार १८:३९, काठमाडौँ

देशको प्रमुख कम्युनिष्ट घटक नेकपा एमालेको जस्तै संरचनामा जाने तयारीमा रहेको माओवादी केन्द्रमा पदाधिकारी संख्या बढाउने प्रस्ताव आएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शुक्रबार जारी स्थायी कमिटीमा बैठकमा पदाधिकारी संख्या ५ बाट बढाएर १५ पुर्‍याउने प्रस्ताव आएको एकजना नेताले नेपालखबरलाई बताएका छन्। 

'पदाधिकारी संख्या बढाएर १५ सदस्यीय पुर्‍याउने प्रस्ताव आएको छ', एक नेताले भने, 'अब पार्टीलाई नयाँ रुपमा अघि बढाउन पाँच जना पदाधिकारीले पुग्दैन। त्यसैले संगठन चलायमान बनाउन पनि पदाधिकारी बढाउनुपर्ने प्रस्ताव आएको छ।'

माओवादी केन्द्रको विधानमा अहिले ५ जना मात्रै पदाधिकारी रहने व्यवस्था छ। तिनै पदाधिकारीले पार्टीको कमाण्ड हाँक्ने गरेका छन्। 

अहिले माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष मात्रै पदाधिकारीका रुपमा रहने व्यवस्था छ। 

यो अवस्थामा पार्टी विधान संशोधन गरेर अरु १० जना पदाधिकारी थप्नुपर्ने प्रस्ताव आएको हो। पुस ११ देखि हुने राष्ट्रिय सम्मेलनमा यो प्रस्ताव अघि सारेर त्यहीँबाट विधान संशोधनसहित पदाधिकारी संख्या १५ जना बनाउन प्रस्ताव अघि सारिएको हो। 

बैठकमा सहभागी नेताहरुले प्रदेश कमिटीमा पनि पदाधिकारी नौ सदस्यीय बनाइएकाले केन्द्रमा पाँचजना अब वैज्ञानिक नहुने कुरा राखेका थिए। 

स्थायी कमिटीमा गरिएको प्रस्ताव अनुसार एक अध्यक्ष, वरिष्ठसहित सातजना उपाध्यक्ष, तीनजना सचिव, एकजना महासचिव, एकजना उपहासचिव र कोषाध्यक्ष एकजना बनाउने प्रस्ताव आएको हो। 

अर्को कम्युनिष्ट घटक एमालेमा यसअघि १३ जना पदाधिकारी थिए। तर असोजमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १५ नै पुर्‍याएको थियो। 

तर चितवन महाधिवेशनमा विधान संशोधन गरेर एमालेले अहिले पदाधिकारी संख्या १९ सदस्यीय बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .