राजनीति


कांग्रेस प्रदेश २ अधिवेशन: निधि–कोइराला समूह हराउँदै आठै पदाधिकारीमा देउवा पक्ष विजयी

कांग्रेस प्रदेश २ अधिवेशन: निधि–कोइराला समूह हराउँदै आठै पदाधिकारीमा देउवा पक्ष विजयी

कांग्रेस प्रदेश २ पदाधिकारीमा जितपछि।


शैलेन्द्र महतो
पुस १०, २०७८ शनिबार ४:४८, जनकपुर

जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षकाे जित भएकाे हाे।

आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचन भएकाे हाे। 

जसकाे हालसम्मकाे मतगणना परिणामअनुसार शुक्रबार बिहानै निधि-कोइराला पक्षबाट सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले हराउँदै देउवा पक्षका कृष्ण यादव विजयी भइसकेका छन्।

यो पनिकांग्रेस प्रदेश २ अधिवेशन : देउवा पक्षका कृष्ण यादव सभापतिमा विजयी

त्यसपछि अन्य पदाधिकारीकाे मतगणना गरिएकाे हाे। शुक्रबार राति १० बजे सम्पन्न  मतगणनाकाे नतिजाअनुसार उपसभापतिदेखि सहमहान्त्रीसम्म सबै पदाधिकारीमा देउवा पक्षकै उम्मेदवार विजयी भएका हुन्।  ​​

जसनअनुसार प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। त्यसैगरी महामन्त्रीमा उपेन्द्रकुमार यादव र वृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन्। सहमहामन्त्री खुलातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन्। 

यसैगरी सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादवकाे जित भएकाे छ। 

सभापतिसहित प्रदेश २ का आठै पद देउवा समूहकाे पाेल्टामा परेकाे हाे।

कुन उम्मेदवारले कति मत ल्याए?

सभापति 
कृष्ण यादव – ९९६ विजयी 

रामसरोज यादव – ८५५  

उपसभापति
चन्द्रशेखर यादव – ८९५ विजयी

धनलाल ठोकर – ६३६

विनोदकुमार खनाल – ७४०

वीरेन्द्रप्रसाद सिंह  –  १०१९ विजयी

राधाप्रसाद यादव –  १२४

महामन्त्रीका उम्मेदवार
उपेन्द्रकुमार यादव – ९५९ विजयी

नरेश यादव – ७७५

विनोद चौधरी – १९५

वृहस्पति कृष्ण श्रेष्ठ – ७८८ विजयी

हरेशप्रसाद महतो – ७०३

सहमहामन्त्री
अरविन्द अमात्य – २५७

जयनारायण प्रसाद यादव – ८७९ विजयी

नारायण चौधरि–६०१

परशुराम चौधरी – ८२२ विजयी

विनोदकुमार यादव – ६९१

रामनारायण महासेठ – ९७

सहमहामन्त्री महिला
बिन्दुकुमारी यादव –  ८८९ विजयी

भीमादेवी शर्मा – ५३२

रीता यादव –  १५६

रेखादेवी महरान – ७६

अब प्रदेश सदस्यहरूको मतगणना गर्न बाँकी छ। 

जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका थिए। तर यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेकाले बाँकी ६७ पदका लागि बिहीबार मतदान भएकाे हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .