ad ad

राजनीति


प्रचण्डले फेरि ल्याए नेता-कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजना

नेता-कार्यकर्ताले वर्षमा १५ दिन श्रम गर्नुपर्ने
प्रचण्डले फेरि ल्याए नेता-कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजना

माओवादीको बन्दसत्रका सहभागीहरु


सागर न्यौपाने
पुस १२, २०७८ सोमबार १५:२७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजना ल्याएका छन। 

यसअघि हेटौंडा महाधिवेशनबाट अघि सारिएको नेता कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजनालाई काठमाडौंमा जारी आठौँ महाधिवेशनमा पनि प्रचण्डले अघि सारेका हुन्।

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा उत्पादन र विकास अभियान चलाई विदेशमा रहेका युवा शक्तिलाई देश विकासमा जोड्ने कुरा पनि उल्लेख गरेका छन्। 

'प्रत्येक पालिकामा ५० युवा सम्मिलित स्थानीय उद्योग खोल्ने कुरालाई अघि बढाउनुपर्छ। ठूला उद्योगका लागि दुई पालिकाले काम गर्ने योजना बनाउनुपर्छ', उनले प्रतिवेदनमा भनेका छन्, 'देशका माथिल्ला तह र राज्यले तिनलाई सघाउनु आवश्यक छ।'

उनले प्रदेश तहले कम्तीमा १०० जना युवालाई रोजगारी दिने गरी कृषि फार्म खोल्नुपर्ने कुरा पनि अघि सारेका छन्।

'प्रदेशले १०० जनालाई रोजगारी दिने गरी कृषि फार्म खोल्नेतर्फ जाऊँ। केन्द्रले केन्द्रीयस्तरका उद्योगसम्बन्धी काम गर्नुपर्छ', उनले भनेका छन्, 'हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन श्रम गर्ने कुरालाई अनिवार्य गर्नुपर्छ।' 

प्रचण्डले वैज्ञानिक शिक्षा प्रणाली लागु गर्न राष्ट्रिय शिक्षा नीतिमा परिमार्जनको कुरा पनि समावेश गरेका छन्। उनले सार्वजनिक शिक्षाको स्तरोन्नति आवश्यक रहेको कुरा पनि उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .