राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ बाट राष्ट्रिय सभामा दुई जनाको मनोनयन गरेको छ।
राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दर्ता गराएका हुन्। यो सँगै राष्ट्रियसभाको ३ पदको लागि प्रदेश १ बाट ८ जना उमेदवार भएका छन्।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश १ बाट एमालेका ३ र गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमा एमालेबाट खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा उम्मेदवार बनेका छन्।
गठबन्धनबाट कांग्रेसका गोपाल बस्नेत (झापा), महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई (भोजपुर) र जनता समाजवादी पार्टीका अपांगता भएका/अल्पसंख्यकतर्फको कोटाबाट हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिक्रिया