राजनीति


बताससँग नाम जोडेपछि आरजुले भनिन् : त्यो संस्थामा मेरो कुनै भूमिका छैन

बताससँग नाम जोडेपछि आरजुले भनिन् : त्यो संस्थामा मेरो कुनै भूमिका छैन

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०७८ बिहिबार १५:२६, काठमाडौँ

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नारायणहिटी सङ्ग्रहालयभित्र रेष्टुराँ विवादमा जोडिएको बतास समूहसँग आफ्नो कुनै संलग्नता नरहेको बताएकी छन्। 

नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्ने अनुमति पाएको बतास समूहको सल्लाहकारका रुपमा नाम जोडिएपछि उनले बिहीबार यस्तो प्रष्टिकरण दिएकी हुन्। 

‘सञ्चारमाध्यमहरुले विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचार लेखेकोमा मेरो ध्यानाकर्षण भएको छ,’ प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणाले भनेकी छन्, ‘तल उल्लेखितबाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु।’ 

उनले फेसबुकमा आफू आवद्ध ६ वटा संस्थाको नाम र आफूले निर्वाह गरिरहेको पदीय जिम्मेवारी पनि खुलाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad