ad ad

राजनीति


एमाले सुनसरीको अध्यक्षमा भण्डारी विजयी, द्वारिकलालले कटाएनन् १०० मत

एमाले सुनसरीको अध्यक्षमा भण्डारी विजयी, द्वारिकलालले कटाएनन् १०० मत

अध्यक्षमा निर्वाचित भण्डारी र मेयर चाैधरी


कृष्ण बहाब
पुस २९, २०७८ बिहिबार २०:६, काठमाडौँ

नेकपा (एमाले) सुनसरीको सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन्। प्रतिस्पर्धामा रहेका खेमराज पोख्रेल र द्वारिकलाल चौधरीलाई हराउँदै भण्डारी निर्वाचित भएका हुन्।

कूल खसेको १८०५ मत मध्ये भण्डारीले ९२० मत पाएर निर्वाचित भएका हुन्। जितसँगै भण्डारीको अध्यक्षमा दोस्रो कार्यकाल हुनेछ। यसअघि छैटौं अधिवेशनको क्रममा भण्डारी सर्वसम्मत निर्वाचित भएका थिए।

भण्डारीले ९२० मत ल्याउँदा उनका प्रतिस्पर्धी खेमराज पोख्रेलले ७७५ मत ल्याए भने द्वारिकलाल चौधरीले ८० मत मात्र पाए। इटहरी उपमहानगरपालिकाका मेयरसमेत रहेका चौधरीले सय मत पनि कटाउन सकेनन्।

मेयर रहँदा विभिन्न विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गरेका मेयर चौधरीले भने पार्टी निर्वाचनमा लज्जास्पद हार व्यहोरेका छन्। कूल खसेको मतको आधारमा चौधरीको पक्षमा ४.४३ प्रतिशत मात्र मत खसेको हो।

२०७० सालको छैटौं अधिवेशनमा निर्वाचित भएपछि २०७० मङ्सिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत भण्डारी निर्वाचित भएका थिए। संविधानसभामा निर्वाचित भएसँगै भण्डारीले जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसपछि जिल्ला सम्मेलन गरेर द्वारिकलाल चौधरीलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .