सोमबार दिउँसो ३ बजे बस्ने गरी डाकिएको राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा संसद सचिवालयले आइतवार एक सूचना निकालेर बैठक स्थगित गरेको हो।
सोमबार दिउँ १ बजेका लागि डाकिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले दिएका छन्।
यसअघि गत पुस २७ गतेका लागि डाकिएको बैठक पनि स्थगित गरेर सोमबारका लागि सारिएको थियो।
त्यसअघि पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक पनि विशेष कारण देखाउँदै रोकिएको थियो।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) अब अर्को सूचना जारी नभएसम्म बैठक बस्न नसक्ने जानकारी गौतमले दिएका छन्।

84
Shares

प्रतिक्रिया