ad ad

राजनीति


एमाले काठमाडौंका पदाधिकारीद्वारा पदभार ग्रहण

एमाले काठमाडौंका पदाधिकारीद्वारा पदभार ग्रहण

नेपालखबर
माघ ६, २०७८ बिहिबार १८:२०, काठमाडौँ

नेकपा एमाले काठमाडौं जिल्लाको छैटौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन्।

काठमाडौं महानगरपालिका वडा नं ४ मा रहेको जिल्ला कमिटीको कार्यालयमा नवनिर्वाचित अध्यक्ष दीपक निरौला, उपाध्यक्ष नवराज पराजुली, सचिव राजेश शाक्य र उपसचिवहरु तेज प्रसाद ढकाल र बिन्दु महर्जनले पद बहाली गरेका हुन्।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य तथा सहइन्चार्ज कृष्ण राई, केन्द्रीय सदस्य तथा सहइन्चार्जहरु नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने र प्रदेश कमिटी सदस्य गणेश प्रसाद दुलाल लगायतको उपस्थितिमा भएको कार्यक्रममा छैटौं जिल्ला अधिवेशनको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .