निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आज सूचना प्रकाशित गरेर आयोगले तीनवटा दलको दर्ता खारेज गरिएको जानकारी दिएको हो।
नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषदको दर्ता खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ। लेखापरीक्षण प्रतिवेदन नबुझाएका कारण यी दलको दर्ता खारेज गरिएको सूचनामा उल्लेख छ।
लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ। गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो।
3
Shares
प्रतिक्रिया