राजनीति


गठबन्धन सरकारको ६ महिना : १७७ किलोमिटर सडक पक्की

गठबन्धन सरकारको ६ महिना : १७७ किलोमिटर सडक पक्की

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १७:०, काठमाडौँ

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सरकारको ६ महिने अवधिमा १७७ किलोमिटर सडक पक्की भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार अपरान्ह देशवासीका नाममा सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

'मेरो नेतृत्वको सरकारको ६ महिनामा देशभर १७७ किलोमिटर सडक पक्की भएको छ', उनले  भने, 'यही अवधिमा ८० भन्दा धेर पुल बनेका छन्।'

देउवाले गठबन्धन सरकार आएयता देशले सही आर्थिक बाटो समातेको बताउँदै सूचकहरु पनि राम्रा रहेका उल्लेख गरेका छन्।

उनले यही वर्षभित्र मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण गरेर काठमाडौंमा पानी झारि छाड्ने पनि प्रतिवद्धता जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .