ad ad

राजनीति


स्थानीय जनप्रतिनिधिको कार्यकालबारे गठबन्धन र कानुनविदबीच बालुवाटारमा छलफल

स्थानीय जनप्रतिनिधिको कार्यकालबारे गठबन्धन र कानुनविदबीच बालुवाटारमा छलफल

गठबन्धन दलका नेताहरु


नेपालखबर
माघ ९, २०७८ आइतबार १६:४०, काठमाडौँ

स्थानीय तहको अन्तिम कार्यकालका विषयमा देखिएका समस्या समाधानको लागि सत्तारुढ पाँच दलीय गठबन्धन र कानुनविदहरुसँगको छलफल सुरु भएको छ। 

स्थानीय तहको निर्वाचनको अन्तिम समय कुन भन्ने विषयमा विवाद भइरहेका बेला कांग्रेस नेतृत्वको गठबन्धनले बालुवाटारमा कानुनविद्हरुसँग छलफल गरिरहेको हो। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन्। 

मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन ६ महिना सारेर वैशाख–जेठमा संघीय संसदको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए । 

त्यसपछि शुक्रबार बसेको गठबन्धनको बैठकले स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे समय सकिने अन्तिम कार्यकाल कति हो भन्ने एकीन गर्न कानुनविद्सँग छलफल गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .