कोभिड संक्रमण पुष्टि भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको छ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले मंगलबार विज्ञप्ति निकाल्दै कोरोना संक्रमण भएको चार दिनयता ओली बालकोटस्थित निवासमै आराम गरेर बसिरहेको जनाएका छन्।
'हाम्रो पार्टी नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीले कोभिड संक्रमणका कारण चार दिनदेखि भक्तपुर, बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ', अधिकारीले भनेका छन्, 'उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।'
ओलीलाई चार दिनअघि कोरोना पुष्टि भएपछि बालकोटमै अध्ययन गर्दै आराम गरिरहेका छन्। पछिल्लो पटक विभिन्न दलका उच्च नेताहरुलाई कोरोना देखिएको छ।
69
Shares
प्रतिक्रिया