ad ad

राजनीति


गोकुल बाँस्कोटा भन्छन् : आज एमाले हार्‍याे भने उनीहरू खुसीले झुम्छन् होला

गोकुल बाँस्कोटा भन्छन् : आज एमाले हार्‍याे भने उनीहरू खुसीले झुम्छन् होला

नेपालखबर
माघ १२, २०७८ बुधबार १२:२३, काठमाडौँ

राष्ट्रिय सभाका १९ सदस्य पदपूर्तिका लागि आज निर्वाचन भइरहेको छ।

निर्वाचनमा सत्ता गठबन्धनका ५ दल मिलेर उम्मेदवारी दिएका छन् भने एमाले एक्लै चुनावी मैदानमा होमिएको छ। 

यस हिसाबले धेरैजसो स्थानमा एमाले हार्ने आकलन गरिएको छ। 

यो कुरा स्वयं एमालेका नेता गोकुल बाँस्कोटाले पनि स्वीकार गरेको देखिन्छ। यसैले उनले गठबन्धनविरुद्ध आक्रोश पोखेका छन्। 

यस्तो छ उनको प्रतिक्रिया

निर्वाचन आयोगका अनुसार बिहान ९ बजे सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ। 

मतदानका लागि सातै प्रदेशमा ८ मतदानस्थलअन्तर्गत १४ मतदान केन्द्र व्यवस्था गरिएको छ। 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल २ हजार २५ जना मतदाता सहभागी भइरहेका छन्। जसमा स्थानीय तहका प्रमुख/प्रमुख १ हजार ४९३ र प्रदेश सभाका सदस्य ५३२ मतदाता छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ छन्। 

राष्ट्रिय सभामा रिक्त १९ सदस्य पदका लागि सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत १२ दलले उम्मेदवार उठाएका छन्। 

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन्।

सत्ता गठबन्धनका ५ दलले १९ पद भागबन्डा गरेर उम्मेदवारी दिएका छन् भने एमाले एक्लैले १९ पदमा उम्मेदवारी दिएको छ। 

अन्य दलले भने सबै प्रदेशमा उम्मेदवारी दिएका छैनन्।

रिक्त १९ पदका लागि ४३ जना चुनावी मैदानमा छन्। 

निर्वाचनबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्या र ७ जना अन्य समूहका उम्मेदवार राष्ट्रिय सभाको सदस्य चुनिनेछन्। 

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सांसदको पदावधि सकिँदै छ।

जसमा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र कांग्रेसका ३ सांसद छन्। यसमा आजको निर्वाचनले प्रदेश १ बाट ३, मधेस प्रदेशबाट २ , बागमती प्रदेशबाट २, गण्डकीबाट ३, लुम्बिनीबाट ३, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ जना चुन्नेछ। 

दिउँसो ३ बजे मतदान सकिएको ३÷४द घण्टापछि नै मत गणना सुरु गर्ने तयारी निर्वाचन आयोगले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .