राजनीति


नेपालको परिवर्तनबारे बंगलादेशी नेतालाई व्याख्या गर्ने धोको छ : प्रचण्ड

नेपालको परिवर्तनबारे बंगलादेशी नेतालाई व्याख्या गर्ने धोको छ :  प्रचण्ड

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ९:१७,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपालको राजनीतिक परिवर्तनबारे बंगालदेशका नेताहरूलाई व्याख्या गर्ने आफ्नो धोको रहेको बताएका छन्।

नेपालको चार–दिने भ्रमणमा रहेका हमिदसँग राजधानीस्थित होटल मेरियोटमा भएको भेटका क्रममा प्रचण्डले सो चाहना व्यक्त गरेका हुन्।

‘अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुध्द, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले आफूलाई चमत्कारको अनुभूति भएको बताउनुभयो,’ सो भेटबारे प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले नेपालखबरसँग भने, ‘यस्तो अवसर राजनीतिमा नेताहरूले विरलै पाउने उहाँको भनाई थियो।’

सो अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको उनले जानकारी दिए।

bishnu-hamid.jpgराष्ट्रपति हमिदसँग नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाललगायत नेताहरु

सो भेटमा बंगलादेशका राष्ट्रपति हमिले प्रचण्डको उच्च प्रशंसा समेत गरेका थिए।

'बंगलादेशका राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै अध्यक्ष प्रचण्ड उच्च प्रशंसा गर्नुभयो’,  उनले भने। 

राष्ट्रपति हमिदले नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताएको उनले जनाकारी दिए। राष्ट्रपति हमिदले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकताप्रति कृतज्ञता समेत प्रकट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .