राजनीति


नेपालको परिवर्तनबारे बंगलादेशी नेतालाई व्याख्या गर्ने धोको छ : दाहाल

नेपालको परिवर्तनबारे बंगलादेशी नेतालाई व्याख्या गर्ने धोको छ : दाहाल

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ९:१७,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपालको राजनीतिक परिवर्तनबारे बंगालदेशका नेताहरूलाई व्याख्या गर्ने आफ्नो धोको रहेको बताएका छन् ।

नेपालको चार–दिने भ्रमणमा रहेका हमिदसँग राजधानीस्थित होटल मेरियोटमा भएको भेटका क्रममा दाहालले सो चाहना व्यक्त गरेका हुन् ।

‘अध्यक्ष प्रचन्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुध्द, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले आफूलाई चमत्कारको अनुभूति भएको बताउनुभयो,’ सो भेटबारे दाहालको वेवसाइट सिएमप्रचन्ड डट कममा प्रकाशित जानकारीमा दिइएको छ । ‘यस्तो अवसर राजनीतिमा नेताहरूले विरलै पाउने उहाँको भनाई थियो ।’
सो अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको सो जानकारीमा उल्लेख छ ।

बंगलादेशका राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन ‘महत्वपूर्ण भूमिका खेल्ने सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै उच्च प्रशंसा गर्नुभयो ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .