ad ad

राजनीति


राष्ट्रिय सभा निर्वाचन गठबन्धनको ‘अन्तिम उत्सव’ : विष्णु रिमाल

राष्ट्रिय सभा निर्वाचन गठबन्धनको ‘अन्तिम उत्सव’ : विष्णु रिमाल

नेपालखबर
माघ १३, २०७८ बिहिबार ९:२८, काठमाडौँ

राष्ट्रिय सभाका १९ सदस्य पदका लागि बुधबार सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका कारण एक सिटबाहेक सबैमा हारेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू एकपछि अर्काेले आक्रोश पोखिरहेका छन्। 

एमाले महासचिव शंकर पोखरेलले बुधबार निर्वाचनको नतिजालाई ‘अन्तिम भोज’को संज्ञा दिएका छन् भने उपमहासचिव विष्णु रिमालले बिहीबार बिहान ‘अन्तिम उत्सव’को उपमा दिएका हुन्।

राष्ट्रिय सभा निर्वाचनमा हारेपछि एमाले महासचिवको आक्रोश : षडयन्त्रको अन्तिम भोज 

‘राष्ट्रियसभाको हिजो (बुधबार) सम्पन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो’, रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई!’

अब हुने निर्वाचन ‘रियल’ भएको उल्लेख गर्दै रिमालले यस चुनावले नयाँ जनादशेको मानक तय गर्ने दाबी गरेका छन्। 

‘स्पष्ट छ– निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरू चुनावबाट भाग्ने बहानाबाजी गर्दै छन्’, रिमालले भनेका छन्, ‘संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संविधान च्यात्ने धुनमा उनीहरू छन्। सतर्क होऔं।’

एक सिट जितेर पनि एमाले राष्ट्रिय सभामा पहिलो दल

राष्ट्रिय सभा निर्वाचन : यी हुन् विजयी उम्मेदवार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .