राजनीति


गठबन्धन टुटे टुटोस्, सरकार ढले ढलोस्, एमसीसी पास गर्न हुँदैन : युवराज दुलाल

गठबन्धन टुटे टुटोस्, सरकार ढले ढलोस्, एमसीसी पास गर्न हुँदैन : युवराज दुलाल

नेकपा माओवादी केन्द्रका नेता युवराज दुलाल


नेपालखबर
माघ १६, २०७८ आइतबार १६:३९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ले अमेरिकी अनुदान परियोजना (एमसीसी) पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएका छन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिने नेता दुलालले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरे मात्र स्थानीय तहको चुनाव समयमै गर्ने सर्त राखेको हो भने त्यो गलत हुने टिप्पणी पनि गरेका छन्। 

‘फेरि भनौं नो एमसीसी, यदि एमसीसी संसदमा टेबल नगर्दा या या अमेरिकाको इच्छाअनुसार पारित नगर्दा गठबन्धन टुट्छ या सराकर ढल्छ भने ढल्न दिनुपर्छ’, दुलालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘र, बुझ्नुपर्छ– देश विदेशी उपनिवेशमा नै छ र त्यसबाट मुक्त हुन नयाँ पुस्ताले राष्ट्रिय स्वतन्त्रताको लडाइँ लड्नुपर्छ।’

अहिलेको राष्ट्रिय सवाल एमसीसी नभएर स्थानीय तहको चुवाव भएको उल्लेख गर्दै उनले सरकारले अविलम्ब चुनावको मिति घोषणा गर्नुपर्ने बताएका छन्। 

उनले अगाडि भनेका छन्, ‘संसदबाट एमसीसी फेल गर्ने सहमतिबाहेक अरू अवस्थामा टेबल गर्नु आत्मघाती हुनेछ। चेतना भया।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad