ad ad

राजनीति


मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा सातौं प्रमुख सचिव हाजिर

मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा सातौं प्रमुख सचिव हाजिर

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय।


शैलेन्द्र महतो
माघ २३, २०७८ आइतबार ८:३१, जनकपुरधाम

मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रमुख सचिव कृष्णबहादुर राउत जिम्मेवारी पाएको ३ सातापछि हाजिर भएका छन्। प्रमुख सचिव राउत शुक्रबार हाजिर भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। 

उनी सरुवा भएको झन्डै ३ सातापछि कार्यालयमा हाजिर भएका हुन्। यसअघि राउत प्रधानमन्त्रीको कार्यालयमा सहसचिव थिए। सचिवमा बढुवा भएपछि उनी पहिलोपटक मधेस प्रदेशमा प्रमुख सचिवका रूपमा आएका हुन्। 

६ महिनाअघि यस कार्यालयमा प्रमुख सचिव रहेका हरिप्रसाद मैनाली पुस अन्तिम साता सरुवा भएका थिए। उनी गएको ३ सातापछि राउत हाजिर भएका हुन्। 

कार्यालयका अनुसार राउत बिरामी भएका कारण समयमा हाजिर हुन नसकेका हुन्। 

प्रमुख सचिव नहुँदा क्याबिनेट बैठक, आर्थिक, अनुगमन, कर्मचारी सरुवा  र गम्भीर प्रकृतिका बिरामीलाई राहत वितरणलगायत कामकाज रोकिएका थिए। 

निमित्त प्रमुख सचिवको कार्यभार कार्यायलका प्रशासनतर्फका सचिव मेखबहादुर मगरातीले सम्हालेका थिए। तर दर्ता, चलानीलगायत प्रशासनका सामान्य कामकाज मात्र कार्यालयमा हुने गरेका थिए। 

प्रमुख सचिव नहुँदा प्रदेश सरकारका थुप्रै कामकाज अवरुद्ध भएका थिए।   

मुख्यमन्त्री कार्यालयमा हाजिर भएका राउत सातौं प्रमुख सचिव हुन्। यसअघि ६ जना प्रमुख सचिव आएर गइसकेका छन्।

हाजिर भएका प्रमुख सचिवसँग आइतबार बिहान मुख्यमन्त्री, मन्त्री र मन्त्रालयका सचिवहरूसँग भेटघाट कार्यक्रम राखिएको जनाइएको छ। 

मुख्यमन्त्री कार्यालय स्थापना भएयता प्रमुख सचिवका रूपमा राजेश्वरमान सिंह, दीपक सुवेदी, रामकृष्ण सुवेदी, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी र हरिप्रसाद मैनाली कार्यभार सम्हालेर सरुवा भइसकेका छन्। 

उनीहरूमध्ये प्रमुख सचिवका रूपमा राजेश्वरमान सिंह र दीपक सुवेदी मात्र वर्ष दिनभन्दा बढी बसेका थिए। त्यसयता आएका सचिवहरू भने ६ महिनाभन्दा बढी टिकेका छैनन्। 

यो पनिमधेस प्रदेश : प्रमुख सचिव जानै मान्दैनन्, जाने टिक्दैनन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .