राजनीति


हाम्रो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सहन सक्दैनौँ : माधव नेपाल

हाम्रो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सहन सक्दैनौँ : माधव नेपाल

नेपालखबर
फागुन १, २०७८ आइतबार १४:३१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सहन नसकिने चेतावनी दिएका छन्। 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला अध्यक्ष नेपालको यस्तो बताएका हुन्। 

उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दावी समेत गरेका छन्। 

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीनै तहको निर्वाचनमा जाने पनि बताए। 

उनले स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए। 

‘हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौँ। हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौँ। सांसदको रुपमा स्वीकार्ने स्थिति पनि बनाएका छौँ', उनले भने, 'यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औँलो ठड्याउने खोज्छ भने हामी सहन सक्दैनौँ। त्यसो हुनाले हामी अघि बढेका छौँ। स्थानीय तहको चुनाव वैशाख ३० गते तोकिसकिएको छ। अब हाम्रो पार्टीको सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु हो। सबै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर जानेछ।’

भिडिओ

अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए। 

उनले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको समेत स्पष्ट पारे। 

‘एमसीसीमा पनि नेपाली समाजमा निकै ठूलो बहस र विवादको विषय बनेको छ। यो बारेमा हामी अझै छलफल चलाइरहेका छौँ । विषयवस्तुमा प्रवेश गर्न पनि चाहिरहेका छौँ। जनताको भावना के छ त्यो पनि बुझ्न खोजिरहेका छौँ', उनले भने,  'फैलिएका आशंका के-के छन्? त्यो पनि बुझ्न चाहिरहेका छौँ।' 

उनले नेपाललाई कसैको रणभूमि हुन नदिने पनि बताएका छन्। 'हामी हाम्रो देशलाई कुनै किसिमको विश्वको रणभूमिको मैदान बनाउन चाहदैनौं। नेपाललाई शान्तिप्रिय देशको रुपमा स्थापित गर्न चाहान्छौँ', उनले  भने, 'असंलग्न परराष्ट्र नीतिलाई अवलम्वन गर्दै अघि बढ्न चाहान्छौँ। यो सबै हाम्रो विशेष परिवेशलाई ध्यानमा राखेर एउटा अडान हामी लिनेछौँ।’

अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यक्ता रहेको पनि दोहोर्‍याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad