राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालको अध्यक्ष भएकोमा कमल थापालाई बधाई दिएका छन्। राप्रपा नेपालका निवर्तमान अध्यक्ष लाक्पा तामाङसँगै कमल थापाको फोटो सेयर गरेर राजेन्द्र लिङ्देनले बधाई दिएका हुन्।
लिङ्देनले लेखेका छन्, ‘राप्रपाका पूर्वअध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आगामी जीवन सुखमय रहोस्।’
थापाले राप्रपाको अध्यक्षमा लिङ्देनसँग पराजित भएपछि पार्टी परित्याग गरेका थिए। उनलाई लाक्पा तामाङले राप्रपा नेपालको अध्यक्ष पद हस्तान्तरण गरेका हुन्। एकीकृत राप्रपा बन्नुअघि थापा नै राप्रपा नेपालको अध्यक्ष थिए।
1.4k
Shares
प्रतिक्रिया