राजनीति


एमसीसीबारे एमालेको नीति ‘पर्ख र हेर’

एमसीसीबारे एमालेको नीति ‘पर्ख र हेर’

नेपालखबर
फागुन २, २०७८ सोमबार १५:४२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीबारे ‘पर्ख र हेर’ को नीति अबलम्बन गर्ने भएको छ। 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बसेको संसदीय दलको बैठकले एमसीसीका बारेमा ‘पर्ख र हेर’ को नीति अबलम्बन गर्ने निष्कर्ष निकालेको छ।  

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सत्तारुढ गठबन्धनले समान धारणा नबनाउँदासम्म एमालेले ‘पर्ख र हेर’ को नीति अबलम्बन गर्ने प्रतिक्रिया दिए।  

‘जबसम्म उहाँहरु एउटै धारणाका साथ प्रस्तुत हुन सक्नुहुन्न तबसम्म नेकपा एमाले पर्ख र हेरको नीतिमा रहेको छ,’ बैठकपछि उनले भने। 

भट्टराईले समय आएपछि एमालेले एमसीसीका बारेमा आवश्यक निर्णय लिने पनि जिकिर गरे। 

‘आवश्यक परेको बेला एमाले राष्ट्रिय हितको पक्षमा, देशको पक्षमा, जनताको पक्षमा उभिन्छ,’ उनले भने, ‘यसबारेमा आवश्यक निर्णय लिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad