राजनीति


एमसीसीको विरोध गर्ने हो भने माओवादी र एकीकृत समाजवादीलाई सरकारबाट हट्न बाबुराम भट्टराईको चेतावनी

एमसीसीको विरोध गर्ने हो भने माओवादी र एकीकृत समाजवादीलाई सरकारबाट हट्न बाबुराम भट्टराईको चेतावनी

डा. बाबुराम भट्टराई


नेपालखबर
फागुन ४, २०७८ बुधबार ५:५४, काठमाडौँ

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई लक्ष्य गरी एमसीसीका समर्थक र विराेधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका छन्। 

एमसीसीका पक्ष र विपक्ष एउटै गठबन्धनमा रहन नमिल्ने जिकिर पूर्वप्रधानमन्त्री भट्टराईले गरेका हुन्। 

‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन’, डा. भट्टराईले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन। भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो!’

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन्। 

यी पनि :

एमसीसीबारे गठबन्धनमा सहमतिको प्रयास विफल, संसदमा पेस गरिँदै

कांग्रेसले एमसीसी सम्झौतामा मेरो पनि संलग्नता रहेको अर्थ लाग्नेगरी लेखेछ : भीम रावल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad