राजनीति


एमसीसीको विरोधमा बन्द गर्न खोज्ने ६ जना काठमाडौँबाट पक्राउ

एमसीसीको विरोधमा बन्द गर्न खोज्ने ६ जना काठमाडौँबाट पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०७८ बुधबार ८:७, काठमाडौँ

एमसीसी सम्झौताको बिरोधमा ६ वटा राजनीतिक दलले आजका लागि आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौं उपत्यकाबाट बुधबार बिहानै ६ जना पक्राउ परेका छन्।

सरकारले अमेरिकासँगको एमसीसी सम्झौता संसदमा टेबुल गर्ने तयारी अघि बढाएपछि विप्लव नेतृत्वको नेकपासहितका ६ दलले आज त्यो सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरेका छन्। 

बन्द गर्दै हिँडेका १ जनालाई कोटेश्वरमा ट्याक्सी जलाउने प्रयास गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

ट्याक्सीमा पेट्रोल छर्केर आगो लगाउन खोजेपछि काभ्रेका मंगलबहादुर मोक्तानलाई पेट्रोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। ट्याक्सी जलाउन खोज्ने अरु दुईजना भागेका मैनालीले बताए।

विप्लव नेतृत्वको नेकपा, मोहन वैध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र समाजवादी सहितका दलले बन्द आयोजना गरेका हुन्। 

आजको बन्दलाई सफल पार्न भन्दै आन्दोलनरत ६ दलले मंगलबार साँझ मशाल जुलुस प्रदर्शन गरेका थिए।

गृह मन्त्रालयले भने नेपाल बन्दलाई निस्तेज पार्न मातहत निकायलाई निर्देशन दिएको छ। 

मंगलबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी गृहले नेपाल बन्दमा कानुन विपरितका गतिविधि हुन नदिन र शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad