एमसीसी अनुमोदन पछि असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठ र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच अहिले छलफल भइरहेको छ।
एमसीसी अनुमोदनपछि नयाँ पार्टी गठनको तयारीमा लागेका श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड उनकै निवास हरिसिद्धि पुगेका हुन्।
प्रचण्ड र श्रेष्ठबीच अहिले छलफल भइरहेको छ।
फागुन १५ गते प्रतिनिधि सभाबाट अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन भएपछि श्रेष्ठले कालो दिन भनेर लेखेका थिए।
पार्टीको महाधिवेशनले गरेको निर्णय विरुद्ध एमसीसीको अनुमोदन पक्षमा मतदान गरेको भन्दै श्रेष्ठले नयाँ पार्टी गठनको लागि छलफलमै थिए।
198
Shares

प्रतिक्रिया