सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नाराणयकाजी श्रेष्ठले राष्ट्रियताका विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बोलेको कुरा घातक र अक्षम्य भएको बताएका छन्।
शनिबार पोखरामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर जारी गरेको आरोप लगाएका थिए।
देउवाको सोही आरेपमाथि नवाफ दिँदै प्रवक्ता श्रेष्ठले देउवाले बोलेका कुराको जति निन्दा र भर्त्सना गरेपनि कम हुने बताएका हुन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवालाई जवाफ दिएका छन्।
‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओलीमाथि आरोपित गर्दै पूर्वप्रम देउवाले आज पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरेपनि कम हुन्छ’, उनले लेखेका छन्, ‘तात्कलिक तुच्छ स्वार्थ (चुनाव)का लागि राष्ट्रियता जस्तो संवेदनशील विषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ।अझै चेतेनन्।’
— NKShresthaPrakash (@nksthaprakash) November 23, 2019भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्र म ओली माथि आरोपित गर्दै पुर्ब प्रम देउवाले आज पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरेपनि कम हुन्छ।तात्कलिक तुच्छ स्वार्थ(चुनाव)का लागि राष्ट्रियता जस्तो सँबेदनशील बिषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ।अझै चेतेनन्।
Shares

प्रतिक्रिया