कारोबार


मन्त्री पुन र राजदूत यान्छीबीच नेपाल–चीनबीचका समझदारी कार्यान्वयनबारे छलफल

मन्त्री पुन र राजदूत यान्छीबीच नेपाल–चीनबीचका समझदारी कार्यान्वयनबारे छलफल

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ८:०,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको द्विपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत् आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

भेटमा ऊर्जामन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको र उक्त भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र ऊर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको स्मरण गराए। उनले उक्त समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो।

उनले नेपाल चीनबीचको उर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे।

चिनियां राष्ट्रपतिकै नेपाल भ्रमणका क्रममा सम्झौतमा भएको तमोर र माडी जलविद्युत आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने मन्त्री पुनको भनाइ थियो ।

pundai

मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियां ऋण सहयोगका लागी अर्थ मन्त्रालयमार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियां राजदूतको ध्यानाकर्षण गराए।
उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी चिनियाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पूर्ण रुपमा सहजीकरण गरिरहेको बताए।

भेटमा चिनियाँ राजदूत यान्छीले चीन ऊर्जा क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको धारणा राखिन्। उनले चिनियाँ कामदारले व्यहोरिरहेका भिसाको समस्या, लगानीकर्ताका नीतिगत समस्या र बिजुलीको दररेटजस्ता समस्या समाधानमा ऊर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा गरिन्। साथै ऊर्जा संयन्त्रको बैठकका लागि आफूले सरोकारवाला निकायसँग छलफल गरेर बैठकको मिति चाँडै टुंगो लगाउने जानकारी दिइन्।

चिनियां राजदूत यान्छीले ऊर्जामन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गभर्नरको नेपाल भ्रमण हुन लागेको जानकारी दिँदै त्यस क्रममा ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको धारणा राखिन्।

‘चीनबाट गर्भनर तहकै भ्रमण हुँदै छ, युनान जलविद्युत र उर्जा क्षेत्रमा निकै प्रगती गरेको भनेर चिनिने प्रान्त पनि हो, उहाँको भ्रमण ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्नेमा केन्द्रित हुनेछ’ राजदूत यान्छीले भेटमा भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad